भक्तपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

​भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित कृषि तालिम केन्द्रमा बनाइएको सुकुम्बासी होल्डिङ सेन्टरमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

​कीर्तिपुर होल्डिङ सेन्टरबाट स्थानान्तरण गरी ल्याइएका बारा जिल्लाको सुवर्ण गाउँपालिका–२ घर भई हाल सोही सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका हुन्।
​प्रहरीका अनुसार साउन २८ गते बिहान करिब १०:४० बजे तालिम केन्द्रको तीन तले पक्की भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ मा पासवान मृत अवस्थामा भेटिएका थिए। उनले भित्रबाट चुकुल लगाई पङ्खा झुन्ड्याउने फलामको हुकमा सलको पासो लगाएको अवस्थामा उनका छोरा रवि पासवानले देखेका थिए।

​घटनाको जानकारी पाएलगत्तै सो ठाउँमा खटिएका प्रहरी नायब निरीक्षक (प्रनानि) सन्तोष शिखर कार्कीलाई खबर गरिएको थियो। घटनाबारे थप अनुसन्धान तथा घटनास्थल र लाशजाँच मुचुल्का तयार पार्न प्रहरी वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) निशान थापाको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (प्रउ) सूर्य बहादुर खड्काको टोली घटनास्थलमा खटिएको थियो।

​प्रहरी वृत्त ठिमीबाट करिब २ किलोमिटर उत्तरतर्फ रहेको उक्त घटनास्थलबाट मृतकको शवलाई पोष्टमार्टमका लागि राति १०:२२ बजे शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..