नेपाली सेनाको कार्यरथी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि सङ्गठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताए।

बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, कार्यरथीउपरथी सागरबहादुर थापालगायतले जनशक्ति व्यवस्थापन, संस्कृतिको संरक्षण र अनुशासन कायमजस्ता सङ्गठनका प्राथमिकताका विषयका विविध पाटा र पक्षका बारेमा विषयगतरुपमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..