सेनाले सञ्चालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष

काठमाडौं । नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ । आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ ।


यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ । सेनाले हाल एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..