सहायक रथी ढकाल बने शान्ति मिशनमा उपफोर्स कमाण्डर

काठमाडौं । नेपाली सेनाका सहायक रथी चोकबहादुर ढकाल संयुक्त राष्ट्रसंघ शान्ति मिशनको उपफोर्स कमाण्डर बनेका छन् । शान्ति मिशनअन्तर्गत उनी लेबनानमा उपफोर्स कमाण्डर नियुक्त भएका हुन् ।


राष्ट्रसंघले उनलाई उपफोर्स कमाण्डरमा नियुक्त गरिसकेको र चाँडै नै उनी जिम्मेवारी सम्हाल्न लेबनान जाने सैनिक उच्च स्रोतले जनाएको छ ।संयुक्त राष्ट्र संघको लेबनानस्थित अन्तरिम फोर्समा यसरी उप्रमुख भएर जिम्मेवारी सम्हाल्ने ढकाल दोस्रो नेपाली सैनिक भएका छन् । सन् २०१९ सम्म शिवराम खड्काले सोही स्थानमा उपफोर्स कमाण्डरको भूमिका निर्वाह गरेका थिए ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित ताकुकोटका ढकाल प्रधानसेनापति प्रभुराम शर्माको ‘मेलिटरी सहायक’को रूपमा कार्यरत थिए ।
३५ वर्षदेखि सेनामा कार्यरत सहायक रथी ढकालले एक महिनाभित्रमा लेबनानमा पुगेर जिम्मेवारी सम्हाल्ने छन् । नेपाली सेनाकै उपरथी निर्मलकुमार थापा अहिले सिरियाको गोलनहाइटस्थित ‘संयुक्त राष्ट्र संघ डिसइन्गेजमेन्ट फोर्स’ कमाण्डरको रूपमा कार्यरत छन् ।


नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघ (यूएन)को सदस्य बनेपछि नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रत मुलुकमा शान्ति स्थापनामा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..