दुई करोड ७३ लाखभन्दा बढी रकमको अवैध सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ

काठमाडौं । अवैध रूपमा सट्टेबाजी गराई दुई करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११, भद्रकालीबाट शुक्रबार अपराह्न करिब साढे ५ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको छ। ती विद्युतीय उपकरणको प्रारम्भिक जाँचका क्रममा वान एक्स बेट, वान एक्स बेट पार्टनर्स तथा मोब–क्यास एप्लिकेसनमार्फत ठूलो रकमको कारोबार भएको खुलेको हो।प्रहरीले उक्त माध्यमबाट दुई करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार भएको फेला पारेको जनाएको छ।प्रारम्भिक अनुसन्धानका आधारमा थापाले अवैध सट्टेबाजीमा संलग्न भई रकमको कारोबार गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..