बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम। पूर्र्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आज साँझ बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज१त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ः०० बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

दुर्घटनामा परी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोल निवासी १३ वर्षीय अनुराग मण्डल, सोही ठाउँका १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव घाइते हुनुभएको छ।

यस्तै, ३३ वर्षीया मोनाकुमारी मण्डल, ५० वर्षीया चन्द्रकुमारी दास, ६० वर्षीय रामदुलारी दास, ४४ वर्षीया रामकुमारी दास, १७ वर्षीय पन्चा मण्डल, १७ वर्षीय आशिषकुमार यादव, १२ वर्षीया बिकी मण्डल, बिनाकुमारी मण्डल र १३ वर्षीय कृष्णाकुमार यादव घाइते भएको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो।

उहाँका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ। घटनापश्चात ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..