डीएसपी कैलाश राईको नेतृत्व र मुद्दा फाँटका प्रमुख शिव कटेलको सक्रियताले लहानमा व्यापक सुधार

लगातार लागूपदार्थ, अपराध र तस्करी नियन्त्रणमा उल्लेख्य सफलता, मुद्दा व्यवस्थापनमा पनि व्यापक सुधार

लहान । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले आफ्नो जिम्मेवारी सम्हालेपछि क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था उल्लेखनीय छ।

उनको नेतृत्वमा प्रहरीले लागूपदार्थ ओसारपसार, अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको छ।
डीएसपी राईले पदभार ग्रहण गरेदेखि नै सुक्ष्म र प्रभावकारी रणनीति अपनाएका छन्।

यसको फलस्वरूप, अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र अपराध न्यूनीकरण गर्न प्रहरी सफल भएको छ। विशेषगरी, लागू औषध कारोबार, चोरी, लुटपाट र सीमापार तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता बढेको छ।

त्यसैगरी, ईलाका प्रहरी कार्यालय लहानको मुद्दा फाँटको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक शिव कटेलको सक्रियतामा मुद्दाको छिटो र प्रभावकारी व्यवस्थापन भएको छ। उनको पहलमा मुद्दाको अनुसन्धान प्रक्रियामा व्यापक सुधार आएको छ, जसले गर्दा सेवाग्राहीले सहज र छिटो न्याय पाएका छन्। यस सुधारले प्रहरीप्रतिको विश्वास र सम्मान अझ बढेको छ।

डीएसपी राईको कुशल नेतृत्व र प्रहरी निरीक्षक कटेलको सक्रियतामा ईलाका प्रहरी कार्यालय लहानले शान्ति, सुरक्षा र न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। उनका कार्यकालमा भएका यी उपलब्धिहरू प्रशंसनीय छन् र यसले आम नागरिकमा सुरक्षा र न्यायको विश्वास बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..