‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने हामी प्रहरी नै रहेछौँ कि भन्ने लाग्यो’ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा आफूहरूमाथि प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूलाई नै यो धर्तीको सबैभन्दा काम नलाग्ने मानिसजस्तो महसुस भएको टिप्पणी गरेका छन्।

संसद्को सार्वजनिक लेखा समितिमा निर्वाचनका क्रममा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल भएको थियो। सोही क्रममा जवाफ दिने क्रममा आईजीपी कार्कीले यस्तो टिप्पणी गरेका हुन्।

उजुरी परेपछि सम्बन्धित निकायले जवाफ दिन समितिमा उपस्थित हुनु स्वाभाविक भएको उनले बताए। तर, जवाफ दिन आएका प्रहरी अधिकारीहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि भन्ने लाग्यो,’ कार्कीले भने।

उनले आफूहरू उजुरीको विषयमा जवाफ दिन तयार रहेको तर प्रस्तुत गर्ने शैलीप्रति भने असन्तुष्टि रहेको बताए।

‘उजुरी परेपछि जवाफ दिन आउनु स्वाभाविक हो । हुर्मत लिने किसिमको परिस्थिति सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि मजा लागेन,’ उनले भने।

कार्कीले आफूहरू समितिको सम्मान गर्दै जवाफ दिन आएको स्पष्ट पार्दै कुनै अनियमितता भएको भए तथ्य र प्रमाणका आधारमा छानबिन गरेर दोषी देखिए कारबाही गर्न आफूहरू तयार रहेको बताएका थिए।

उनको उक्त अभिव्यक्तिपछि बैठकमा केही समय वातावरण थप गम्भीर बनेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..