नेपाल-भारत संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । कोभिड-१९ को कारणले रोकिएको सैन्य अभ्यास आज (सोमबार)बाट भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरु भएको हो ।

‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यास १७ गतेसम्म चल्ने छ । नेपाल-भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्यासमा भाग लिन नेपाली सेनाको टोली स्थलमार्ग हुँदै २ गते पिथौरागढ पुगेको थियो ।


गतवर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस वर्ष कोरोना संक्रमणको दर घट्दै गएपछि दुवै देशका सैनिकले संयुक्त सैनिक अभ्यास थालेका हुन् । उक्त तालिमका दौरान प्रतिबिद्रोह र जंगल वारफेरको बारेमा अभ्यास हुने प्रवक्ता पौडेलले जानकारी दिए ।


दुवै मुलुकबाट गरी करिब ६ सय ५० जना संख्यामा रहेको सैनिक टोलीले संयुक्त अभ्यास गर्ने छन् । जसमा नेपालबाट ३०० जनाको सैनिक टोली गएको छ । संयुक्त अभ्यासमा आपसी सञ्चालन क्षमताको विकास, आपसी आतंकवाद विरुद्धको गृहकार्य र विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रमा हुने भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..