मापदण्डको बेवास्ता गर्दै मेयर चौधरीको आदेशमा ढुँगा, गिट्टी तथा वालुवा निकासी

चुरे दोहन भईराखे केहि दिनमै मरुभूमिमा परिणत हुने स्थानीयवासीको कथन

लहान । सिराहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्रमा अप्रत्याशित रुपमा उत्खनन कार्य शुरु गरेको छ । मापदण्डको धज्जी उडाउदै गिट्टी, बालुवा पैठारीले गर्दा आउने दिन भयावह रुप लिने अवस्था रहेको छ ।
लोकमार्ग भन्दा उत्तरी भेगमा रहेको चुरे क्षेत्रलाई विनास गर्नेगरी शुरु गरिएको उत्खनन प्रति स्थानीयले ब्यापक रुपमा बिरोध जनाएका छन । वडा १३ स्थित सररे खोलामा उत्खननका लागी जेसिबी र दर्जनौ टिपरहरु खटाईएका छन ।

सररे खोलामा यसरी शुरु गरिएको उत्खननले वरिपरिको गाउँहरु बाढीको उच्च जोखिममा भएको स्थानीय समाजसेवी महेश अधिकारी बताउँछन् । उनको अनुसार, यहि गतिले चुरे दोहन भईराखे उक्त क्षेत्र केहि दिनमै मरुभूमिमा परिणत हुने स्थानीयवासीलाई पिरोलिएको छ ।


सिरहाको धनगढीमाई नगरपालिका १३ असारीको सर्रे खोलामा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् हुँदा बस्ती नै उजाड हुने जोखिम बढेको छ । चुरे दोहन विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको बेला माओवादीबाट निर्वाचित मेयर हरिनारायण चौधरीले बस्तीलाई नै जोखिम हुने गरी रोशन कन्ट्रक्शन जनकपुरलाई उत्खनन् गर्न स्वीकृती दिएको छ ।


जेठ ११ गते दिएको स्वीकृती बमोजिम १५ हजार घन मिटर सर्रे खोलाबाट ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्न सो कन्ट्रक्शनलाई जिम्मा दिएको हो । रु.१४० घन मिटरको दरमा धनगढीमाई नगरपालिकाले स्वीकृती दिएको हो । जहाँ एक घन मिटरको विक्री दर रु १२ सय रहेको छ । जेठ २१ गतेसम्म सो कन्ट्रक्शनले ३ हजार घन मिटर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिसकेको छ ।


रोशन कन्ट्रक्शनले ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्न त्यसक्षेत्रको सामुदायिक वन फडानी गरी नयाँ बाटो बनाएको छ । तर यस प्रति जिल्ला वन कार्यालय लहान सिरहा अनभिज्ञ रहेका छन । सर्रे खोलाबाट यसरी ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्दा खोला डाईभर्ट भएर धनगढीमाईको वडा नम्बर १२, ११, ३, २ लगायतको गाउँवस्ती पूर्णरुपमा डुबान पर्ने समाजसेवी शिवशंकर महतो बताए । महतोले भने – ‘यस्तो अवस्था रहियो भने मधेश मरुभूमी बन्ने निश्चित छ ।’ ‘यो ढुँगा, गिट्टी तथा वालुवा आफ्नो गाउँठाउँको विकासमा प्रयोग भए हुन्थ्यो ।

तर धनगढीमाई भन्दा बाहिर लगेर यत्रो ठुलो खाल्टो बनाएको छ ।’‘ यो मेयरले आर्थिक चलखेल गरेर गाउँबस्तीलाई क्षति पुर्याउँने काम गरिरहेको छ ।’ ‘यसको प्रतिकारमा हामी आन्दोलित छौं ।’ अवैद्य ढंगबाट ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्ने कार्य रोक्न स्थानीयवासी आन्दोलित भएका छन् ।


चुरे दोहन रोक्न हामी आन्दोलनमा छौं ।मेयर चौधरी पनि माओवादीबाट आएका हुन । माओवादी पनि ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोक्न आन्दोलनमा रहेको बेला यो मेयरले आर्थिकलाभमा ब्यापार चलाउँदै आएको अर्का समाजसेवी महेश अधिकारीले बताए ।


समाजसेवी अधिकारीले ‘हेवी जेसिबी प्रयोग गरेर उत्खनन् गरिरहेको छ ।’ ‘मेयर चौधरीलाई जनता मार्ने काम नगर्न पटक पटक अनुरोध गरे । तर मेयर चौधरी ‘विकास र मानव संसाधनप्रति कुनै सकारात्मक सोच नरहेकोले हामी जोखिममा परेको’ समाजसेवी अधिकारीको भनाई छ ।


मेयर हरिनारायण चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा) बाट बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम उत्खनन् गर्न दिएको हो । चुरे दोहनविरुद्ध आन्दोलन जेठ १५ गतेदेखि भएको हो ।

म त्यो भन्दा पहिले जेठ १० गते नै निर्णय गराएर स्वीकृती दिइसकेको हुँ । आन्दोलनसँग मलाई के मतलब ? मेयर चौधरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..