पाकिस्तानका पूर्व गुप्तचर प्रमुख हमिद सैन्य हिरासतमा

एजेन्सी । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको सेनाले घोषणा गरेको छ ।

गत वर्ष प्रकाशित सर्वोच्च अदालतको दस्तावेजअनुसार सन् २०२२ डिसेम्बरमा पद त्यागेका हमिदमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र निजी आवास डेभलपरको व्यवसायमा छापा मारेको आरोप लगाइएको थियो । त्यसबेला अदालतले डेभलपरलाई आफ्नो उजुरी रक्षा मन्त्रालयमा लैजान आदेश दिएको थियो ।

“पाकिस्तानको सर्वोच्च अदालतको आदेशको पालना गर्दै पाकिस्तानी सेनाले विस्तृत अदालतको छानबिन गरेको थियो । फलस्वरूप, लेफ्टिनेन्ट जनरल फैज हमिद (सेवानिवृत्त) विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही सुरु गरिएको छ,” सेनाको मिडिया शाखाले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा कोर्ट मार्सलको प्रक्रिया सुरु गरिएको र हमिदलाई सैन्य हिरासतमा राखिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..