सेनाद्वारा प्रदेश २ मा २५ शय्याको फिल्ड अस्पताल निर्माण

काठमाडौँ । प्रदेश नम्बर २ मा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल निर्माण गरेको छ । सेनाले बर्दिवासमा अस्पताल र सैनिक आवासीय महाविद्यालय बनाएको हो ।

अस्पताल र महाविद्यालय दुवैको प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार उद्घाटन गरे । मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा ‘बर्दिबास सैनिक शिविर’ भित्र २५ शय्याको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय निर्माण गरिएको हो ।सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य र शिक्षा सेवा दिने लागिएको हो ।

नेपाली सेनाका अनुसार हाल कोभिड–१९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितीलाई मध्य नजर गरी नवनिर्मित अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..