नेपाली सेनाले कृषिमा ऋण दिने

लमजुङ । सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो ।आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको हो ।

सेनाको लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०० रोपनी क्षेत्रफलमा फैलिएको केन्द्र समेत छ । जसको मुख्य काम सेनाका अवकाश नजिक पुगेका र भूतपूर्व सैनिकलाई कृषि तालिम दिनु हो । जहाँ अहिले बाली विज्ञान र भेटेरिनरी तालिम सञ्चालन भइरहेको छ ।

जसमा ८० जना सहभागी छन् । त्यसबाहेक केन्द्रले स्नातक तहको कृषि तालिम सञ्चालन गर्न लागेको हो । जसका त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिने प्रक्रिया समेत अघि बढेको छ । तालिमपश्चात सीपको सदुपयोग गर्न सेनाले सहुलियत दरमा ऋणको व्यवस्था पनि गर्ने भएको छ ।

जसका लागि सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकसँग सम्झौता गरेको छ । तालिम लिएकालाई तीन लाखदेखि १५ लाख रूपैयाँसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने सेनाको योजना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..