चरम भ्रष्टाचार भएको भन्दै वडाअध्यक्षहरुले कल्याणपुरनगरपालिकामा ताला लगाए

सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका कार्यवाहाक मेयर र प्रशासकिय अधिकृतको मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै वडाअध्यक्ष र कार्यपालीका सदस्यहरुले नै सोमबार तालावन्दि गरेका छन् ।

नगरसभाले पास गरेको योजनासमेत कार्यपालीका बैठकविनै आफ्नै ढङ्गले परिवर्तन गरी कार्यवाहक मेयर रोहिणी कुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत जय प्रशाद दासको मिलेमत्तोमा व्यापक अनियमितता गरेको भन्दै तालाबन्दि गरेको छ ।

कल्याणपुर नगरपालिकाका बहुमत कार्यपालिका सदस्यसहित ९ जना वडाअधयक्षहरूले १५ वटा माग सहित नगर नगरपालीकामा तालाबन्दि गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

तालाबन्दी गर्ने क्रममा कल्याणपुर नगरपालिका ३ नम्वर वडा अध्यक्ष अशोक मण्डलले मेयर र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजनाहरू कमिसनको खेलमा नजीकका मानिसहरुलाई जिम्मा दिई आफूखुसि संचालन बताए ।

उनले मेयर र अधिकृतले कमिसन लिई योजना बितरण गरीरहेको बताए । उनलेभने, ‘उपप्रमुख र अधिकृतले कमिसनको खेलमा नजिकका मानिसलाई कादिने गरेको छ, यो रोक्न हामीले पटक पटक माँग गर्यौ, तर रोकिएन त्यसैले हामी आज तालावन्दिगर्न बाध्य भयौं ।’

वडा नम्बर ८ का वडाअध्यक्ष राजेन्द्र साहले ९ महिना देखि समाजिक सुरक्षा भता वितरण नहुनु, वडाका योजनाहरु प्नि वडा अध्यक्षलाई जानकारी समेत नदिई आफूखुसि सञ्चालन गर्नु, उनीहरुभन्दा बाहिरका उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीमा आनाकानी गर्नुले आफूहरु आजीत भएको बताए ।

जारी विज्ञप्तीमा कार्यपालिका बैठक नबसि अपारदर्शी तरिकाले कर्मचारी भर्ना खारेज, पोखरि ठेक्कामा गरिएको अनियमितता पार्दशी गर्नुपर्ने, अधिकृतले आफुखसि बाडेको योजनाहरू बदर गरि कार्यपालिकाको निर्णय अनुसार गर्नुपर्ने, वडा अध्यक्षहरूको जानकारी विना नगर स्तरिय योजनाको उपभोक्ता समिति गठन प्रक्रिया रोक्नु पर्ने लगायतका माँग उल्लेख गरेको छ ।

kalyanpur 5

प्रेस विज्ञप्ति मा ८ जना वडा अध्यक्ष र ७ जना  कार्य पालिका सदस्य सहित १५ जनाको हस्ताक्षर रहेको छ । कल्याणपुर नगरपालिकामा १२ वडाहरू रहेका छन् ।

kalyanpur 6

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..