नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली सेनाले सोमबारदेखि हिमाल सफा गर्ने अभियान सुरु गर्दै छ । ‘सफा हिमाल’ नाम दिइएको अभियानको प्रधानसेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम छ।
नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धवलागिरि हिमाल सफाइ गर्दैछ।


दुई वर्षअघि सगरमाथा सफा गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफा गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए । हिमालहरुबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ ।सफा हिमाल अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ ।अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ ।

सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धित गाउँपालिका र निजी क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।
हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..