सेनापति थापाद्वारा जर्नेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी जर्नेल हिरालाल जोशीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७७ माघ १३ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी हिरालाल जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापना गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहायक रथी हिरालाल जोशीकाे रिक्त स्थानमा सहायक रथी दर्जामा पदोन्नति भएका महा-सेनानी रविन्द्र केसीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..