सभापति देउवाले देशकै सबै भन्दा ठुलो नगरपालिकाका नवनिर्वाचित नगर सभापति यादवलाई दिए बधाई

लहान । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभा का सदस्य डा.आर्जु राणा देउवाले देशकै सबै भन्दा ठुलो नगरपालिकाका नवनिर्वाचित नगर सभापति सन्जय कुमार यादवलाई बधाई दिएका छन् ।

दशैको अबसर पारेर सभापति देउवाले देशकै सबैभन्दा ठुलो नगरपालिकाको नगर सभापतिमा बिजयी भएको भन्दै बधाई तथा सफलताको शुभकामना दिएका हुन् ।

असोज २९ गते नेपाली काँग्रेसको लहान नगरसभापति चयनको लागि सम्पन्न निर्वाचनबाट युवा नेता सञ्जय कुमार यादव नगर सभापतिमा बिजयी भएका थिए । उनी देउवा निकट हुन् ।

निर्वाचित यादव १५२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँलाई १४० मत ल्याएर शितल प्रसाद चौधरीले पछ्याउनु भएको छ । फूलेश्वर महतोले ७३ मत ल्याउनु भएको हो । बाँकी मत बदर भएको छ । जम्मा ३७३ मत खसेको थियो ।

नेपाली काँग्रेस नगर सभापति २०७९ को स्थानीय निर्वाचनमा नगरसभापति रासलाल राय पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेर २४ नम्बर वडाको वडाध्यक्षको उम्मेदबार भएर निर्वाचित हुनुभयो । स्थानीय निर्वाचनदेखि खाली रहेको नगर सभापतिको लागि निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचित नगर सभापति यादवलाई जिल्ला सभापति रामचन्द्र यादव र नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको साथ थियो भन्ने अर्को उम्मेदवार शितल कुमार चौधरीलाई पूर्व सांसद पदम नारायण चौधरी , अछ्मीत चौधरी र कन्हैया गुप्ताको साथ थियो । तेस्रो उम्मेदवार फुलेश्वर महतोलाई रामसुन्दर चौधरी र सीता देवि यादवको साथ थियो ।

निर्वाचित सञ्जय कुमार यादव नेपाल विधार्थी संघबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव,नेवि संघको केन्द्रिय उपाध्यक्ष प्रदेशको संयोजक समेत रहि हाल महाधिवेशन प्रतिनिधि सदस्य पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौं । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट..