राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

डिआईजी चतुर्वेदीले शुक्रबार प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निरीक्षण गर्दै उनले आपसी सद्भाव, सामूहिक भावना र असल आचरणलाई प्रहरी सेवाको आधार मान्दै सेवा प्रवाहमा इमान्दारिता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

डिआईजी चतुर्वेदीले संगठनको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक क्रियाकलापमा संलग्न नहुन र प्रहरी आचरण विपरीत कुनै पनि गतिविधिमा नलाग्न चेतावनी दिए ।

साथै बल प्रयोगको अवस्था आइपरेमा मानव अधिकारको सम्मान गर्दै व्यावसायिक रूपमा संयमित ढंगले कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले प्रहरीको मानसिक तथा शारीरिक स्वास्थ्य जोगाउनुपर्नेमा जोड दिए ।

उनले प्रहरी कर्मचारीका व्यक्तिगत वा व्यावसायिक समस्या तथा गुनासा सम्बन्धित निकायमा विधि र प्रक्रिया अनुसार प्रतिवेदन गर्न सकिने र संगठनले त्यसको यथोचित सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइराला तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..