सिरहाको कुसण्डीमा गोली प्रहार गरी प्रहरीले समात्यो लागूऔषध कारोबारी

लहान । सिरहाको कुसण्डीमा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो ।

तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताए ।

पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पासवानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

लहान । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन अन्तर्गत सिन्धुलीको ईलाका प्रहरी कार्यालय डकाहा मातहत रहेको प्रहरी चौकी हर्षाही जगाडीको निरीक्षण तथा अनुगमन सम्पन्न । नेपाल..