एआईजी ज्ञवालीको जन्ममिति छानबिन गर्न निर्देशन


काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि संसद्को राज्य व्यवस्था समितिले शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखी एआईजी ज्ञवालीको कागजातमाथि छानबिन गर्न दिर्नेशन दिएको हो । ज्ञवाली २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । गृह स्रोतका अनुसार ज्ञवालीमाथि छानबिन गर्न पठाइएको पत्रमा समिति सभापति रामहरि खतिवडाले तोक लगाएका छन् ।


नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्ने विषयमा ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी भन्दै वैशाख १४ मा उजुरी तामेलीमा पठाएको थियो ।

नागरिकतामा ज्ञवालीको उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ । तर, नागरिकतामा उल्लेख उमेर नै कायम हुने गरी अख्तियारले उजुरी तामेलीमा पठाएको थियो । त्यसअघि गृहले पनि उमेर विवाद नरहेको व्यहोरासहित राय दिएको थियो । त्यसपछि एआईजी ज्ञवालीको उमेर विवादको विषय सतहमा आएको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..