एआईजी ज्ञवालीको जन्ममिति छानबिन गर्न निर्देशन


काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि संसद्को राज्य व्यवस्था समितिले शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखी एआईजी ज्ञवालीको कागजातमाथि छानबिन गर्न दिर्नेशन दिएको हो । ज्ञवाली २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । गृह स्रोतका अनुसार ज्ञवालीमाथि छानबिन गर्न पठाइएको पत्रमा समिति सभापति रामहरि खतिवडाले तोक लगाएका छन् ।


नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्ने विषयमा ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी भन्दै वैशाख १४ मा उजुरी तामेलीमा पठाएको थियो ।

नागरिकतामा ज्ञवालीको उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ । तर, नागरिकतामा उल्लेख उमेर नै कायम हुने गरी अख्तियारले उजुरी तामेलीमा पठाएको थियो । त्यसअघि गृहले पनि उमेर विवाद नरहेको व्यहोरासहित राय दिएको थियो । त्यसपछि एआईजी ज्ञवालीको उमेर विवादको विषय सतहमा आएको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

काठमाडौं । प्रहरी संगठनमा सिनियर अधिकारीहरूको नियमित सरुवा समयमै हुन नसक्दा कमान्ड परिवर्तन प्रक्रिया लम्बिएको छ। प्रहरी नियमावलीअनुसार सामान्यतया जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक..