नेपाली सेनाका रथी दावेदार

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आईतबार ४२ वर्ष लामो सैनिक जिवनबाट बिदा भएका छन् । सरकारले सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । यही भदौ २४ गतेबाट शर्माले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।थापाले प्रधानसेनापतिबाट बिदाई पाएसंगै भदौ २४ पछि नेपाली सेनामा रथीको दरबन्दी समेत रिक्त हुनेछ ।

त्यसपछि हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथीको दरबन्दी रिक्त हुनेछ ।हमालको सेनाबाट अवकास पाएपनि दरबन्दी रिक्त हुने गरी मिसन अवधीभरसम्मलाई तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने निर्णयको लागी सरकारले सहमती दिइसकेको छ । उनि हाल मिसनमै कार्यरत छन् ।


सेनामा दुई रथीमा कस्ले बढुवा पाउंछ भन्ने चांसो छ । वरियताअनुसार बढुवा भएको खण्डमा सेनाका उपरथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणा रथीमा बढुवा हुनेछन् । कार्की भदौ २४ लगत्तै बढुवाका लागी लाईनमा बसेका छन् भने राणाको भने असोज २६ पछि मात्र रथीमा बढुवा हुनेछ पालो आउनेछ ।

यदी राणाको रथीमा बढुवा नभएको खण्डमा सेनाका अर्का उपरथी अनन्त कार्की रथीमा बढुवा हुने लाईनमा छन् । तर, सेनाको रथी बढुवामा भने कामु प्रधानसेनापति प्रभुराम शर्माले गर्ने सिफारीसमा भर पर्नेछ ।

रथी बढुवामा रहेका कार्कीले नेशनल डिफेन्स कोर्स (एनडिसी) चीनबाट गरेका छन् भने राणाले वार कलेज वेलायतबाट गरेका छन् । उनि अहिले सैनिक गूप्तचर महानिर्देशनालयको महानिर्देशक समेत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..