एसएमजी चोरीको आरोप लागेका दुई सैनिकले पाए सफाइ


काठमाडौं । हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । २०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियार एसएमजी ( सर्ट मेसिन गन) चारी गरेको आरोपमा २८ महिनादेखि कारागारमा रहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले शुक्रवार सफाइ दिएको हो । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ दुवैलाई २०७५ चैतबाट लागू हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्काकाे आदेश दिएको छ ।

पदोन्नती रोक्का गरिएपनि दुवै सैनिक साविककै पदमा पुनर्बहाली भएका छन् । गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर-२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो । सैनिक समरी जनरल अदालतले बिहीबार मात्रै गुरुङ हत्यामा संलग्न ढकाललाई जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..