सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।विहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।त्यस्तै यस वर्ष भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

बैठकले काठमाडौं तराई मधेश द्रूत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय गरेको उनले जानकारी गराए ।मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..