नेपाली सेनाको कुन तहको तलब कति

काठमाडौं । सरकारका विभिन्न सेवाका कर्मचारीजस्तै सैनिक सेवामा रहेकाको पनि ०७८ साउन १ देखि मासिक २ हजारका दरले तलब वृद्धि भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले वृद्धि गरेको तलब शेरबहादुर देउवा सरकारले स्वीकृत गरेकाले बढसहितकाे तलब अब बैंक खातामा पठाइनेछ ।


नेपाली सेनाको दज्र्यानी चिह्नविहीन फलोअर्सले अब आउने तलबमा २१ हजार ४८० पाउने छन् । रिकुटको तलब पनि फलोअर्स बराबर छ । यसअघि उनीहरूको तलब मासिक १९ हजार ४८० रूपैयाँ मात्र थियो ।
सिपाहीको २० हजार ६८० बाट बढेर २२ हजार ६८० र प्युठको २१ हजार १ सय ६० बाट २३ हजार १६० पुगेको छ ।

अमलदारको सुरुवातको तलब स्केल २४०१० बनाइएको छ । हुद्दाको सुरुको तलब स्केल २४,८०० बनाइको छ । जमदारले २८५७०, सुवेदारले ३० हजार २००, प्रमुख सुवेदारले ३५ हजार ६५०, मानार्थ उपसेनानीले ३६८६०, मानार्थ सहसेनानीले ३७६३०, सहायक सेनानीले ३७ हजार ९९० तलब पाउनेछन् ।


त्यसैगरी, सहसेनानी ३९०५० बाट ४१ हजार ५०, सेनानी ४०३८० बाट ४२३८०, प्रमुख सेनानी ४३४६० बाट ४५४६०, महासेनानी ४७३८० बाट ४९३८०, सहायक रथी ५१००० बाट ५३०००, उपरथी ६०३८० बाट ६२६८०, रथी ६२५४० बाट ६४५४० र प्रधानसेनापतिको ६५२४० बाट ६७१४० तलब पुगेको छ । यी विभिन्न तहमा रहेर सेवा गरेको अवधिको आधारमा २–८ ग्रेड उपलब्ध गराइनेछ ।


विमान सम्भार समूहको तलब र ग्रेड अलग छ । उपरथी तहका पाइलटको सुरुवात तलब स्केल ६७०७७, सहायक रथीको ६१ हजार ५००, महासेनानीको ५५०२०, प्रमुख सेनानीको ५३७१०, सेनानीको ५१,२६० र सहसेनानीको ४७,४७० छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..