सेनाको नेतृत्व शर्माको हातमा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।


प्रधानसेनापति थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । भदौ २४ बाट थापाले अनिवार्य अवकाश पाउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई यसअघि नै नियुक्त गरेकी थिइन् ।

प्रधानसेनापति थापा आजदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो । उनले साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..