प्रधानसेनापति थापाद्वारा कमाण्ड हेडक्वाटरको निरीक्षण

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन १ गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका हुन् ।


भ्रमणको क्रममा उनले साउन ७ गते पूर्वी कमाण्ड हेडक्वाटर हिले,१० गते मध्य कमाण्ड हेडक्वाटर पोखरा,१२ गते उपत्यका कमाण्ड हेडक्वाटर र १४ गते पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतको भ्रमण गरेका हुन् ।


भ्रमणकै क्रममा प्रधानसेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गरेका थिए ।साथै, उक्त भ्रमणको दौरान उनले कमाण्ड हेडक्वाटरहरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था, विद्यमान चूनौती तथा समाधानका उपायहरु सम्बन्धि जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..