अमेरिकी सेनाद्वारा नेपाली सेनालाई चारवटा रेस्क्यु बोट सहयोग

काठमाडौं । अमेरिकी सेनाले नेपाली सेनालाई  जल उत्पन्न प्रकोपका समयमा उद्दारका लागि उपयोगी हुने ४ वटा रेस्क्यु बोट (उद्दार डुंगा) सहयोग गरेको छ । अमेरिकी राजदूताबास अन्तर्गत अफिस अफ डिफेन्स कोपरेसन (ओडीसी)का तर्फबाट डुंगा उपलब्ध भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

आडीसीका प्रमुख मेजर माइकल पि ह्वाइटले आउट बोर्ड मोटरसहितको डुंगा छाउनीस्थित जंगी असवाव खानामा बिहीबार सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायकरथी रामनाथ शर्मा (ढुंगाना)लाई हस्तान्तरण गरेका छन् । उद्दार डंगाहरु बाढी डुबानजस्ता जलउत्पन्न बिपद्का समयमा उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..