नेपाली सेनाका १२ सहायकरथीको सरूवा

काठमाडौं । नेपाली सेनाका १२ जना सहायकरथीको सरुवा भएको छ । सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई महत्वपूर्ण विभागका प्रमुखसहित १२ जना सहायकरथीको सरुवा गरेका हुन् ।


सहायकरथीहरु विजय थापा कल्याणकारी निर्देशनालयमा, प्रकाश देउजा २ बाहिनी, मानबहादुर महरा ५ बाहिनी, कृष्णदेव भट्ट नितिमा र नकुल रायामाझीको रणनीति निर्देशनालयमा सरुवा गरिएको छ ।प्रधानसेनापति थापाले प्रधानसेनापतिको सैनिक सहायकमा चोकबहादुर ढकाल र सैनिक सचिवमा सुनिल श्रेष्ठको सरुवा प्रस्ताव गरेका छन् ।

सेनामा सैनिक सचिव र सैनिक सहायक सबैभन्दा महत्वपूर्ण र शक्तिशाली विभाग मानिन्छ ।ढकाल र श्रेष्ठदुवै जना २८ बेसिकका सैनिक अधिकृत हुन । उनीहरुले चीनबाट एनडिसी गरेका छन् । सेनामा दुवै जना व्यवसायिक र ऐकेडेमिक अधिकृतका रुपमा चिनिन्छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..