सेनाको नेतृत्व हस्तान्तरणबाट सिक्ने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी २७ भदौदेखि अवकाश पाउँदैछन् । त्यसको करिब तीन महिनाअघि गत २३ जेठमा कार्यकालको हजार दिन पुगको अवसरमा पत्रकार सम्मेलन आयोजना गरी सेनामा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु भइसकेको घोषणा गरे ।


हरेक क्षेत्रमा चरम बेथिति र राजनीतिक हस्तक्षेप हुने नेपाल जस्तो देशमा तीन महिनाअघि नै सेनामा नेतृत्व हस्तान्तरण प्रक्रियाको घोषणा आफैंमा एउटा उदारणीय कदम हो । यसले नेपाली सेनालाई थप बलियो बनाउने निश्चित छ । जुन कुरा देशका अन्य निकायले अनुशरण गर्न लायक छ । यस्तो उदाहरणीय कार्यले संगठनको मनोबल उच्च बनाउँछ ।सेनामा आफू अनुकुल व्यक्तिलाई प्रधानसेनापति बनाउने गरी हस्तक्षेपको प्रयास पटक–पटक नभएको होइन । तर, सैनिक नेतृत्वले त्यसलाई असफल पार्दै आएका छन् ।

जसकारण सेनामा चेन अफ कमाण्ड बलियो हुँदै गएको छ र क्षमतावान व्यक्ति नै नेतृत्वमा पुग्ने गरेका छन् ।सेनामा व्यापक सुधार ल्याएका प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण प्रक्रियालाई थप उदाहरणीय बनाएका छन् । जसअनुसार प्रभुराम शर्माले उनीपछि सेनाको नेतृत्व सम्हाल्नेछन् । अहिले होइन दुई वर्षअघिदेखि नै उनलाई भावी प्रधानसेनापतिको रूपमा अघि बढाइएको थियो । तर, अन्य सुरक्षा निकायमा नेतृत्व चयनमा चरम राजनीतिक हस्तक्षेप हुने गरेको छ ।नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा संगठनको नेतृत्वमा को आउँछ भन्ने कुरा एकदिन अघिसम्म पनि थाहा हुँदैन ।

चरम राजनीतिक हस्तक्षेप र चलखेलका कारण ती निकायमा यस्तो अवस्था आएको हो । जसले इमान्दार पछि पर्ने मात्र होइन अस्वस्थ प्रतिस्पर्धा पनि मौलाउँदै गएको छ ।चरम राजनीतिका कारण प्रहरी र सशस्त्र प्रहरीभित्र गुटबन्दी मौलाएको छ । विकृति, विसङ्गति सामान्य हुँदै गएको छ । यस्तो अवस्थामा सेनाभित्र भने सिष्टम बलियो हुँदै गएको छ । संगठनभित्र गुटबन्दी अन्त्यको अवस्थामा पुगेको छ । यो कुरा अन्य निकायले समेत सिक्न जरुरी छ ।आफ्नो कार्यकाल सकिनु तीन महिना अगाडि पत्रकार सामु उभिँदै बडो गर्वका साथ प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा भएका नीतिगत सुधार बुँदा–बुँदा केलाएर सुनाए । पत्रकारहरुद्वारा सोधिएको सिधा प्रश्नको सिधा उत्तर फर्काए ।


प्रधानसेनापति थापाले भनेका थिए– ‘संवैधानिक दायित्व पूरा गर्ने दीर्घकालीन सोचसहित निर्मित कमाण्ड मार्गनिर्देशनमा तीन वर्षीय कार्ययोजना तय गरिएको थियो । यस अवधिमा हरेक तहका कमाण्डरहरूको कृतसंकल्पित प्रतिबद्धता र सकलदर्जाको दृढ परिश्रमले उल्लेखनीय केही अपत्यारिला उपलब्धिहरू हासिल भएका छन् ।

यो नेपाली सेनाको सामूहिक उपलब्धि र सफलता हो ।यी उपलब्धि मुलतः दुई कारणले सम्भव भएको हो – एक, नेपाली सेनाका आवश्यकतालाई केन्द्रमा राखिनु । दुई, फौज र लिडरले पुरातनवादी सोच र कार्यशैलीलाई चुनौती पेश गर्नु । यसरी निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा टेकेर सामूहिक विवेकबाट हामीले सेनाको भविष्यका लागि स्पष्ट र सही बाटो निर्दिष्ट गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..