प्रदेश २ : सेनाका सिपाहीद्वारा आत्महत्याकाे प्रयास

लहान । वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन्।ड्यूटीमा रहेका सिपाहीले एन–१६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ।गएराती साढे ८ बजेको समयमा पर्सा, पोखरिया नपा–५ सतवरियाका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्र डियुटीमा खटिको बेला टाउकोमा गोली हानी आत्महत्याकाे प्रयास गरेका हुन्।


अचानक गोली पडकेको आवाज सुनेर सहकर्मी पुग्दा सिपाही चौहानले चिउडोकाे मुनिबाट गाेली आँखाको छेउ निस्किने गरी आफैलाई गोली हानेका थिए। लगतै नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश कुवँरले जनाए।
‘घटना भएको केही बेरमा अस्पताल लगिएको छ। रक्त श्राव धेरै भएको छैन, मुख, दात र नाकमा घाउ छ। अवस्था गम्भीर नै छ,’ उनले भने।

सिपाही चाैहान आफैलाई गोली हानी आत्महत्याको प्रयास गर्ने अवस्थामा किन पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कुवँरले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..