सेनाद्वारा अस्पतालमा खाने पानीकाे व्यवस्था

रुकुम । अस्पतालमा खानेपानी अभाव भएपछि नेपाली सेनाले श्रमदान गरेर अस्पतालमा पानीको व्यवस्था गरेको छ । नरसिंहदल गण रुकुम पश्चिमले मुसिकाेट नगरपालिका वडा नं १ स्थित जिल्ला अस्पतालमा कोभिड १९ को महामारीको कारण विरामीको चाप बढेर पानी आपुर्ति कम हुन गएको भन्ने अनुरोधकाे आधारमा साना सहरी आयोजनाको ट्याङ्की देखि उक्त स्थानहरुमा करिव ७०० मिटर पोलथिन पाईप गाडेर पानीको व्यवस्था गरेको हाे ।

जनशक्ति माग भएपछि गण बाट जनशक्ति परिचालन भएर पाइप गाडेर पानीको व्यवस्था गरेको सेनाले जनाएको छ ।उक्त कार्यको लागि २५ जनाको जनशक्तिले पाईप गाड्ने दुई दिन सम्म लगातार काम गरेको थियोे ।यस्तै जिल्लामा काेराेनाकाे कारणले ज्यान गुमाएका हाल सम्म ९ जनाको शव व्यवस्थापन गरेको सह सेनानि दीपेन्द्र बुढाथोकीले बताए ।पहिलो बर्षको संक्रमण देखि हालसम्मको दोस्रो लहरको संक्रमणकव कारण मृत्यु भएको ९ जनाको शव व्यवस्थापन Contamination Prevention measure अपनाई जातजाति, धर्म, संस्कृति, परम्परा अनुसार नरसिंहदल गणले शव व्यवस्थापन गरेको हाे।

जिल्ला अस्पतालमा विरामि चाप बढे पश्चात थप आईसोलेसन स्थलको आवश्यकता भएकोले उक्त आईसोलेसन पाल खडा गर्नको लागि नरसिंहदल गणबाट जनशक्ति प्रदान गरि आईसोलेसन स्थल निर्माण गर्न सहयोग गरेको साथै, साधारण विरामि चेक जांच गर्ने राप्ति समाज अस्पताललाई प्रयोग गर्ने निर्णय भए नरसिंहदल गणबाट उक्त राप्ति समाज अस्पताल Disinfection / sanitization को कार्य गरेको जनाएको छ ।यसका अलवा जिल्लामा हुने विभिन्न आपत विपद् तथा संकटको घडिमा नेपाली सेनाले राहत तथा उद्दारका कार्यमा आफ्नो सकृय सहभागीता जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..