सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामानसहित मानिस पक्राउ


रौतहट । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षिय झगडु राय छन् । ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ । पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाईएको छ ।

सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका १२ लाठीगैरा आँपखोलीबाट पौष २५ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही ठाउमा रहेको राष्ट्रिय वनबाट सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय सुरक्षा वेश घुमखहरेबाट खटिएको एपीएफ टोलीले त्यसवेला उल्लेखित मुल्य बराबरको करीव ३८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो । बरामद काठ सव डिसिरहा जिल्लाको औरही गाउँपालिका १ दरैया स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज भण्डारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाईएको छ ।भिजन वन कार्यालय मेहेलकुनामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..