शसस्त्र प्रहरीद्वारा लाखौं बराबरको समान बरामद


कपिलबस्तु / सुरेश कुमार पांडेय । भन्सार छली अवैध रुपमा ओसारपोसार न्यून गर्न कपिलवस्तु शस्त्र प्रहरी थप सक्रिय भएको छ । सशस्त्र प्रहरी मर्यादपुरले जिल्लाको रंगपुर नाकाबाट शसस्त्र अवैध रुपमा भन्सार छली रु.२ लाख बढिको बिभिन्न किसिमका औषधी र १० हजार बढीको १ बोरा सुर्ती नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट लुकाई छिपाई ल्याई रहेका ती अवैध सामाग्री रंगपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ७ जनाको टोलीले रंगपुरको बाटोमा तस्करहरुलाई लखेटदै २ लाख भन्दा बढीकोे औषधी र सुर्ती पक्राउ गरेको हो ।

उक्त अवैध सामान सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभयो । अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी कपिलवस्तुका सुरक्षाकर्मीले थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..