ब्राउन सुगरसहित झापाबाट २ युवा पक्राउ


झापा । प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ हापाडाँगी बस्‍ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् ।


उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट पक्राउ गरेको हो ।

प्रहरीले सुरज मेचेको साथबाट लागुऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, १ थान मोबाइल र घरबाट १ थान डिजिटल मिनी तराजु बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..