चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ

बुटवल । रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहँदै आएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बुटवल उपमहानगरपालिका-११ राज्यलक्ष्मी पथमा पार्किङ गरी राखेको लु ५६ प २९०७ नम्बरको पल्सर मोटरसाइकल गत शुक्रवार साँझ हराएको थियो।

उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना ननगरपालिका-६ बस्ने १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका-२ बस्ने १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

उनीहरुलाई कानुन बमोजिम सवारी चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..