फरार अभियुक्त पक्राउ


काठमाडौं । प्रहरीले गोली र नक्कली सुनसहित विभन्‍न सामानहरु बरामद घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित नरेफाँटमा बस्‍दै आएकी प्रमिला तामाङको कोठामा चेक जाँच गर्दा गोली र नक्कली सुन बरामद भएको थियो ।


अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वैशाख ९ गते पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट पेस्तोलामा प्रयोग हुने ९ एमएम लेखिएको चार राउण्ड गोली र एक केजी सुन बरामद गरेको छ ।

यसका साथै उनीहरुको साथबाट नेपाली सेनाको हरियो जर्सी, सेनाकै नसिलाएको जर्सी, केशव बहादुर धानुकको नाममा रहेको राहदानी, डाइमण्ड लेखिएको किप्याड मोबाइल, नोकिया कम्पनीको कालो रङको मोबाइल, एमटीएस लेखिएको मोबाइल, विभिन्‍न व्‍यक्तिका नाममा रहेका चेकहरु, कपाली तमसुक र जन्मकुण्डलीहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..