वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ


काठमाडौं । केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४ जना प्रहरीको आँखा छलेर उनि अस्पतालबाट भागेका थिए ।


सोमबार बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट उनलाई पक्राउ गरिएको एसपी मैनालीले बताए । प्रहरीले उनलाई केन्द्रिय कारागारमा थुनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौं । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट..