बार पदाधिकारीलाई अध्यक्ष दाहालले भने, ‘त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नुपर्छ’


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन-पत्र बुझाएको छ ।बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन-पत्र बुझाएको हो । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताए ।

अहिलेको बिषय न्यायापालिकाको मात्र नभई राज्य प्रणालीसँग सम्बन्धित विषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

उनले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरि छलफल गर्ने धारणा पनि राखे ।उनले भनेका छन्, ‘कार्यपालिकामा हिजो समस्या भयो । हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि पूर्वप्रधानन्यायाधीश, न्यायाधीहहरु, कानून व्यवसायी सबैसँग झन्डैझन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो । हिजो कार्यपालिकामा समस्या देखा पर्दा हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो ।’

उनले थप भने, ‘त्यसले जनमत निर्माणका साथै अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण म यहाँहरुलाई के भन्न चाहन्छु–हामीले बिर्सियौं कि भन्ने नठानियोस्, तपाईंहरुले लगाएको त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नुपर्छ ।’बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..