काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा आफ्नो ४ दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते भारत भ्रमणमा गएका थिए ।
स्वदेश फर्किँदा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए भने भने कार्तिक २८ गते उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । यसैगरी भ्रमणको क्रममा प्रधानसेनापति शर्माले स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षासचिव अजय कुमार लगायतसँग भेटघाट गरेका थिए ।
त्यसैगरी उनले रक्षा मन्त्री राजनाथ सिंह, माननीय विदेश मन्त्री डा.एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट समेत गरेका थिए । यहि अवसरमा प्रधान सेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गरेका थिए । उनलाई उक्त कलेजमा सम्मानित गरीएको थियो । यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।
भारत भ्रमण पुरा गरी प्रधानसेनापति स्वदेश फिर्ता
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


