बजेट सञ्चालन र समसामयिक विषयमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी अधिकारीको अन्तरक्रिया

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सञ्चालित दुई दिने LMBIS (Line Ministry Budget Information System) क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।


​नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयका दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालित उक्त तालिमको समापनका अवसरमा बजेट सञ्चालन तथा समसामयिक विषयवस्तुहरूमा केन्द्रित भई छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले तालिममा सहभागी प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष छलफल गर्दै बजेट सञ्चालनलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महत्त्वपूर्ण मार्गदर्शन दिनुभयो।

छलफलका क्रममा डीआईजी अधिकारीले सरकारी बजेटको सही सदुपयोग, प्रणालीगत वित्तीय अनुशासन र समसामयिक आर्थिक व्यवस्थापनका चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो।

दुई दिनसम्म सञ्चालित यस क्षमता अभिवृद्धि तालिमले प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरूमा बजेट व्यवस्थापन तथा लेखा प्रणालीलाई अझ सुदृढ र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..