इराककाे प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

एजेन्सी । इराकको प्रधानमन्त्री निवासमा आइतबार ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला भएको बीबीसीले जनाएको छ ।

आइतबार बिहान भएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएर आक्रमण भएको बताइएको छ । प्रधानमन्त्रीको ज्यान लिने उदेश्यले नै आक्रमण भएको तर हाल प्रधानमन्त्री सुरक्षित नै भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

उक्त आक्रमणमा इराकी सेनाको हात रहेको अन्तर्राष्ट्रिय समाचारहरुले छापेका छन् । यद्यपि घटनाको जिम्मेवारी कसैले लिएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको जनाएको छ । अधिकारीहरुले प्रधानमन्त्री सुरक्षित रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..