जुवाकाण्डमा पक्राउ परेका कांग्रेस सभापति लामालाई पूर्वमन्त्री गुरुङले भेटे

काठमाडौं । तीन दिनअघि लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामालाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ अस्पतालमा पुगेका छन् । पूर्व संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङ जुवाखालबाट पक्राउ परेका र चिकित्सकको सिफारिसमा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका लामालाई भेट्न शनिबार पुगेका छन् ।

भेटका क्रममा गुरुङले लामालाई सान्त्वना दिनुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए । गुरुङका साथमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायत पनि लामालाई भेट्न अस्पताल पुगेका थिए । सुगरको तह धेरै माथि पुगेपछि उनलाई महानगरीय प्रहरी बृत्त बौद्धले अस्पताल भर्ना गरेको छ ।

नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेल्न लगाएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।

लामालाई अस्पताल भर्ना गरेपछि प्रहरी निगरानी हुन्छ । तर गृहमन्त्री कांग्रेसकै भएको र अस्पतालबाट तत्काल डिस्चार्ज हुने संभावना समेत कम भएकाले उनलाई सोमबार हाजिर हुनेगरी प्रहरीको ड्युटी हटाइएको छ । एक किसिमले उनी प्रहरीबाट रिहा नै भएको अर्थमा लिइएको छ ।

यद्यपि लामासँगै जुवा खालबाट पक्राउ परेका अरु १७ जना भने थुनामै छन् । लामाले अस्पतालबाटै सामाजिक संजालमा जुवाखालबाट पक्राउ परेको बिषयलाई लिएर लेखेका छन्– ‘कुकुरहरु भुक्तै गर्छन्, हात्ती लम्कदै गर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..