लागूऔषधसहित दुई युवक पक्राउ


जलेश्वर । भारतबाट लागूऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले महोत्तरीमा पक्राउ गरेको छ । सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादवलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट लागूऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई प्रहरी टोलीले शंका लागी जाँच गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो ।

ती युवकका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नुका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर ३० यू ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..