बाँतर सरदार जाति हात्ते कला प्रयोगगरि मगन्य आम्दानी

विसुन देव सरदर / लहान ।सिरहाका वाँतर सरदार जातिको अन्य पेशा बाहेकको दोस्रो पेशा बाँसबाट निर्मित ढकिया टोकरीलाई मानिन्छ ।यसबाट बाँतर समुदायले मगन्य आम्दानी लिई खुसीखुसी जीवनयापन गरिरहेको देखिन्छ ।

प्रायःजसो हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठको समयमा टोकरीको चलाचल्ती रहेको देखिन्छ। यो टोकरी छठमा सुर्यलाई चढाउने प्रम्परा सदियौदेखि रहि आएको देखिन्छ।

अहिले छठको समयमा टोकरीको ठुलासाना गरि ३ सय ४ सयमा बिक्री गरिएको देखिन्छ। आफ्नो कला प्रस्तुत गरि बाँसबाट विभिन्न सामग्री बनाउनु राम्रो पक्ष हो ।

टोकरी बनाउने बाँतर सरदार जातिमात्र नभएर तराई मधेसका अनेकौं जातिहरु छन । तथापि बाँतर सरदारको मुख्य पेशाको रुपमा बाँसबाट निर्मित सामग्री बनाउने हो । खासगरी वाँतर सरदार जातिको हरेक घरमा बाँसे सामग्री बनाउदैन्न। यो जाति हुनु आफैंमा गौरवान्वित अनुभव गरिनु हो।

यस जातिलाई न त कुनै संघ ,संस्थाले गर्दैनन् , न त सरकारले । सरकारले यस बाँतर सरदार जातिको आवाज सुने परिवर्तन हुन समय नलाग्ने देखिन्छ ।

अहिले नेपाली र भारतको विभिन्न भुभागमा यस जातिको बसोबास रहेको देखिन्छ सिराहा , सप्तरी , धनुषा , महोत्तरी , मोरङ्ग आदि ठाउँहरुमा यस जातिको बसोबास रहेको देखिन्छ ।

सिराहाका लक्ष्मीपुर पतारी गाउँपालिका , सुखीपुर नगरपालिका , धनगडीमाई नगरपालिका छपराडी लगायतका गाउँमा बाँतर सरदारको बसोबास रहेको देखिन्छ ।

यो जाति मुख्यतया आफू मेहनत गरि फल पाउने , गरिखाने जाति बाँतर सरदार जाति हो ।

केही सरदार दाजुभाइ बिदेशीऐ पनि जातीय युवा समुह लगायत दिदीबहिनी , आईमाईहरुले टोकरीबाट जीविकोपार्जनमा जुटेको देखिन्छ।टोकरी विभिन्न आकारका बनाउने गरिन्छ ठुलो ,सानो ४ सय ठुलो र सानोको २ सय रकम लिने गरिन्छ ।

सिराहाका बाँतर सरदार जाति सो ढकिया टोकरी सुखिपुर बजारमा बिक्री गर्ने गरिन्छ ।

आफ्नो कला प्रयोग गरि विभिन्न बाँसे सामग्री बनाई कला प्रस्फुटन गर्नु परिवर्तनको आधार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..