पटाकासहित तीन जना पक्राउ

बारा । बारा प्रहरीले विष्फोटक पदार्थ पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पक्राउ गरेको हो ।


सिमा प्रहरी चौकी छतवा बाराबाट गएराति खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका-३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो ।भारतबाट शंकास्पद रुपमा ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा तीन जना नेपालतर्फ आइरहेका थिए ।mरोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनीहरुको साथबाट किङ कोबरा-११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स-५० प्याकेट बरामद भएको उनको भनाइ छ ।बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..