आफ्नो सरकार जोगाउन नसक्नेले धम्की नदेउ : गृहमन्त्री खाँण

काठमाडौं । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तर्क्रियाका क्रममा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् ।

उनले अहिलेको सरकार कसैले ढलाएर नढल्ने बताए । ‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ । अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ,’ उनले भने ।

वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए ।

जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..