सबै बर्ग समुदायको पहिचान स्थापित गराउन प्रतिबद्ध छौ : मुख्यमन्त्री लालबाबु राउत


रौतहट । मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आन्दोलनको बलमा गठन भएको प्रदेश सरकार सबै बर्ग समुदायको पहिचान स्थापित गराउन प्रतिबद्ध रहेकोे बताउनु भएको छ ।

रौतहटको बौद्धिमाई नपाको इनरबारीमा आयोजित दिपावली तथा छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघियता र समाबेशिताको भावना अनुरुप प्रदेश सरकारले निजामती सेबामा जनसंख्याको आधारमा आरक्षणको ब्यवस्था गरेर सबै बर्ग समुदायको पहिचान स्थापित गराउने प्रयास गरेको बताउनु भयो ।


सरकार बाट उपेक्षित रहदै आएका समुदाय हरुको पर्व हरुमा प्रदेश सरकारले बिदाको ब्यबस्था गर्नु समेत त्यसैको एउटा कदम रहेको उहाको कथन थियो ।शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली जनता दलका तर्फबाट प्रदेश सभाका प्रत्याशी मो. मुस्ताफको नेतृत्वमा नेकपा एमाले लगायत विभिन्न पार्टी प्रत्याग गरेका दुई दर्जन नेता कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।


नव प्रबेशी हरुलाई कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउत लगायतका अतिथिहरुले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।
नगरकमिटी का अध्यक्ष हृदयनारायण यादवको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्य रामकिशोर यादव, अबुलकलाम अजाद (फुलबाबु), जसपा नेपालका केन्द्रिय सदस्य बालकिशोर यादव, रेबन्त झा , प्रदेश समिती सदस्य राम आशिष यादव, बिरेन्द्र यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, बौद्धिमाई नपाका प्रमुख राजिव रञ्जन यादव राजु, महिला नेत्री शोभा साह सहितका बक्ता हरुले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..