केपी ओली दुई पटक प्रधानमन्त्री माओवादी केन्द्रकै सहयोगमा भएका हुन् : मेयर दाहाल

चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएको बताएकी छिन् ।

एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री ओलीले हिजो एमालेको भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रचण्डलाई दुई पटक भोट मागेर आफुले गल्ती गरेको र अब त्यस्तो गल्ती नगर्ने बताएका थिए । त्यही भनाई प्रति लक्षित गरेर मेयर रेनु दाहालले ओली दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएको कुरा आफनो फेसबुक वालमा लेखेकि छिन् ।

साथै यस अघिको चुनावको स्मरण गर्दै फेसबुकमा रेनु लेख्छिन् :

ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।( रेनू दाहालको फेसबुक वालबाट जस्ताको त्यस्तै )

उनले ओलीले मात्र नभएर क.प्रचण्डले पनि ओलीका लागी भोट मागेको कुरा स्मरण गर्दै ,झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ? भनेर प्रश्न गरेकी छिन् ।

एमाले अध्यक्ष ओली महाधिवेशन स्थल अवलोकन गर्न अहिले चितवनमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..