राजेन्द्र राईलाई प्रदेश १ का मुख्यमन्त्री बनाउन दावी पेस

विराटनगर । प्रदेश १ मा गठबन्धन दलबाट बहुमतसहित मुख्यमन्त्रीमा नेकपा एकीकृतत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दावी पेस गरिएको छ ।

सोमबार मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दहरुलाई मुख्यमन्त्रीमा दावी पेस गर्न आव्हान गरेअनुसार गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष बहुमतसहित दावी पेश गरेको हो ।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ । दावी पेशमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।


नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल भने मातृशोकमा काठमाडौंमा रहेको कारण उनको हस्ताक्षर छुटेको भनिएको छ ।

प्रदेश प्रमुखले भोलि १ बजेसम्म नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका छन् । भोलि १ बजेपछि प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउँनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..