जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेका छन् । पोखरा–१४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई डेढ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

भारतको मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले नहर चोकमा जग्गा भाडामा लिई बनाएको ब्लकको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित पक्राउ गरिएका उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..